Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालेनले हटाए ‘माया’ सम्बन्धी फेसबुक स्टाटस

212
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन् । उनले गएराति १० बजेतिर उक्त स्टाटस राखेका थिए ।

उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन ।

उनले प्राय रातिको बेला नै अनेकखालका स्टाटस राख्ने गर्दछन् । यस्ता लेखाइमा उनले गाली र प्रशंसा दुवै पाउने गरेकाछन् । ‘मेरो माया लाग्छ ?’ भनेर सोधिएको स्टाटसमा पनि मिश्रित प्रतिक्रियाहरु थिए ।

उनको यो स्टाटस भाइरल भएको थियो । २ घण्टाको अवधिमै १ लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्टहरु थिए ।

विशेषगरी राजनीतिक दल र नेताविरुद्ध तीखा स्टाटस लेख्ने बालेनले शनिबार राति भने मायाको कुरा किन गरे भनेर सामाजिक सञ्जालमा विभिन्न अनुमान भइरहेका छन्।

यो घटनाले मेयर बालेनले राति नशालु पदार्थ खाएर स्टाटस लेख्छन् भन्ने आरोपलाई पनि बल पुर्‍याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित