Skip to main content

Khabar Samachar

Search
Close this search box.

दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा निर्वाचित

208
VIEWS

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापास्थित दमक नगरपालिकामा गठबन्धन विजयी भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपासहितको गठबन्धनबाट राप्रपाका रामकुमार थापा निर्वाचित भएका छन्। उनले  १७ हजार ५२५ मत पाए। उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ९६६ मत पाइन्।

२०७४ को निर्वाचनमा पनि थापा राप्रपाबाट प्रमुखमा प्रतिस्पर्धा गरेका थिए। त्यतिखेर उनले ७ हजार ६५५ मत प्राप्त गरेका थिए।

पौडेल यसअघि २०७४ मा दमक नगरपालिकामा एमालेबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना प्रसाईं निर्वाचित भएकी छन्। उनले नेकपा एमालेका उपप्रमुखका अम्वीका प्रसाद खनाललाई पराजित गर्दै निर्वाचित भएका हुन्। प्रसाईंले १७ हजार ७२ मत ल्याउँदा निकटम प्रतिस्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६ हजार ५७४ मत पाए।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रोमनाथ ओली १० हजार ८०६ मत ल्याएर मेयर निर्वाचित भएका थिए भने उपप्रमुखमा गीताकुमारी पौडेल १२ हजार ६२५ मत प्राप्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित