काठमाडौं– वायुसेवा सञ्चालक सङ्घ नेपालले स्थानीय तह निर्वाचनका दिन सबै आन्तिरक उडान बन्द गर्ने निर्णय गरेको छ। सङ्घले आइतबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।
वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।संघको निर्णय अनुसार नै यती एअरलाइन्सको पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान बाहेकका नियमित उडानहरु बन्द रहनेछ ।साथै उक्त दिन तारा एअरले दुर्गममा गर्दै आएको खाद्यान्न ढुवानी तथा पर्यटकहरुको लागि मात्र गर्ने चार्टर उडानहरु यथावत रहने छ्न् । निर्वाचनको दिन सबै प्रकारका यातायात समेत बन्द हुनेछन् ।
Discussion about this post