Khabar Samachar

आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित : राजेन्द्र लिङदेन

206
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।लिङ्देनले देशको आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ बजेट नभएको नआएको बताएका छन् । बजेट निर्वाचन केन्द्रीत भएको उनको टिप्पणी छ। बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका स्रोत सुनिश्चित नभएकाले परम्परागत शैलीभन्दा फरक नभएको बताए ।

‘यो बजेट केवल निर्वाचन लक्षित छ । बजेको स्रोत के हो ? कार्यान्वयनका आधार के हुन् ? केही छैन । सदाझैँ  बजेट आम्दानी, अनुदान र ऋण लिइन्छ होला भनेर बजेट बनाइएको छ’, उनले एक घण्टामा चितवन पुग्ने आधार के हो भन्दै प्रश्न गरे । सरकारले बजेटमा चन्द्रागिरी-चित्लाङ-चितवन द्रुतमार्ग बनाउने र त्यसपछि एक घण्टामा चितवन पुग्न सकिने बताएको थियो ।

बजेटलाई ललिपपको संज्ञा दिदै उनले हेटौँडा कपडा उद्योगका कपडा लगाउने भनेर भनिएपनि उत्पादन हुने ठेगान नरहेको बताए । त्यस्तै उनले इन्डक्सन चुलो गरिवहरुलाई बाँड्ने भनिएपनि त्यो कमिसनबाहेक अन्य केही नरहेको बताए ।

‘बजेटमा भएका राम्रा नाराहरु हेर्दा यो मान्छे भुल्याउने ललिपपजस्तो देखिन्छ । आर्थिक संकट रोक्नेतर्फ यो बजेट लक्षित छैन । यो निर्वाचन र कमिसन लक्षित बजेट हो’, लिङदेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित