Skip to main content

Khabar Samachar

Search
Close this search box.

उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने

208
VIEWS

उद्योग वाणिज्य संघ काठमाडौंको बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित गरेको आरोप लगाए ।

‘व्यवसायीहरू बालेनलाई नै भेटेर क्षतिपूर्ति माग्ने निर्णय भएको छ’, श्रेष्ठले भने ।

 

३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित