Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

215
VIEWS

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित