Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रचण्डलाई जुत्ता हान्न खोज्ने माओवादीका पूर्वलडाकु

205
VIEWS

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सुर्खेतमा जुत्ता प्रहार युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ।

मंगलबार साँझ पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अमानवीय व्यवहार गरेको भन्दै ती युवकलाई मटेला प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अवलचिंगमा राखेको थियो।

उनलाई अमानवीय व्यवहार गरेको आरोप छ। पक्राउ परेका ती युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार बिहान ल्याइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित