Khabar Samachar

बुद्ध एयरले भन्यो– शिवेन्द्रसँग कुनै सम्बन्ध छैन

214
VIEWS

बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेतसँग सम्बन्ध नरहेको बताएको छ । शिवेन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर ४० प्रतिशतको हकमा माग दाबी गरेपछि बुद्ध एयरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएको हो ।

शिवेन्द्र बुद्ध एयरबाट २०५६ सालमा अलग भएको कम्पनीले जनाएको छ ।

बुद्ध एयर प्रालिमा संस्थापक सेयरधनीको रुपमा स्व.सुरेन्द्र बहादुर बस्नेत र उनका जेठो छोरा तथा अहिलेका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत भएको कम्पनीमा पछि सुरेन्द्रका कान्छो छोरा शिवेन्द्र बहादुर बस्नेतले आफ्नो नाममा १४ प्रतिशत सेयर प्राप्त गरेका थिए ।

शिवेन्द्रले उक्त सेयर २०५६ सालमा बिक्री गरेर बुद्ध एयरबाट अलग भएको बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । शिवेन्द्रले १४ प्रतिशत सेयर बेचेपछि सुरेन्द्रको नाममा ८० प्रतिशत र वीरेन्द्रको नाममा २० प्रतिशत सेयर रहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरको तत्कालीन कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेत हुन् । सुरेन्द्रको निधन भएपछि उनको नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत सेयर जेठा छोरा वीरेन्द्र बहादुर बस्नेत नाममा र बाँकी ४० प्रतिशत सेयर शिवेन्द्रको परिवारको नाममा रहेको कम्पनीले जनाएको छ ।

कम्पनी ऐन २०६३ अनुसार २०७९ चैत १५ गतेको लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिनको लागि पत्राचार गर्दा समेत ३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने शिवेन्द्रको परिवारका अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्श बहादुर बस्नेत उपस्थित नभएका बुद्ध एयरले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित