Khabar Samachar

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने मन्त्री

204
VIEWS

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित