Skip to main content

Khabar Samachar

Search
Close this search box.

कोशी प्रदेशमा थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

212
VIEWS

कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरूमध्ये जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीहरू विनाविभागिय रहेका छन् ।

यससँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय भएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनेका थिए ।

यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित