Khabar Samachar

मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियरमाथि कुटपिट र दुर्व्यवहार

207
VIEWS

मधेशको पर्यटन विकास कार्यालयका इन्जिनियर मो. युनिस राइनमाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएको छ । सम्पन्न भइसकेको योजनाको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कार्यालयमा नै हातपात र दुर्व्यवहार गरेका हुन् ।

‘इन्जिनियर राइनमाथि सेवाग्राहीले दुई/तीन झापट हानेका छन्’, प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले भने, ‘त्यसपछि त्यहाँ हुने अरुले रोकेका थिए ।’

पर्यटन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएका ३६१ मध्ये ३४ वटा योजनाको भुक्तानी दिएको छैन । भुक्तानी नपाउने योजनासँग सम्बन्धित व्यक्तिहरु बुधबार कार्यालयमा पुगेका थिए । उनीहरुले इन्जिनियर राइन र लेखा अधिकृत नवीन झाले कमिसन मागेको र नदिएका कारण भुक्तानी नदिएको आरोप लगाउँदै आएका छन् ।

इन्जिनियर राइनमाथि दुव्र्यबहार भएको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा एकजनाले इन्जिनियर राइनको खल्तीमा हात हालेर जबर्जस्ती केही कागजात खासेको देखिन्छ । उक्त समूहले इन्जिनियर राइनले कमिसन मागेर भुक्तानी रोकेको आरोप लगाएका थिए । ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचरहरु’, इन्जिनियर राइनलाई पाखुरा समात्दै सो समूहका एक जनाले भनेका छन्, ‘तिमी चेक ल्याऊ नभए एसपी (प्रहरी) अफिस् हिड ।’

इन्जिनियर राइनले यो आफ्नो कार्यालयभित्रको काम हो भन्दै बाहिर जान अस्वीकार गर्छन् । कार्यालयमै लेखा अधिकृत नविन झामाथि हातपातको प्रयास भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै सो समूहले घाँटी समातेको थियो ।

सो कार्यालयका प्रमुख मीन भट्टराईले भने कसैमाथि पनि हातपात नभएको जिकिर गरे । भिडियो नै सार्वजनिक भएको छ भनेपछि उनले आफ्नो कार्यकक्ष माथिल्लो तलामा भएकाले थाहा नपाएको बताए ।

लेखा अधिकृत झाले भने कार्यालयमा एक समूहले हातपातको प्रयास गरेको बताए । कार्यालय प्रमुख भट्टराईले सयममा काम सम्पन्न भएको फाइल नआउँदा ३४ योजनाको झण्डै ३ करोड रुपैयाँ भुक्तानी रोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित