Khabar Samachar

Search
Close this search box.

आरजु राणा सुदूरपश्चिमबाट खसआर्य महिला कोटामा

206
VIEWS

काठमाडौं- कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।

उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्ण यादवले जानकारी दिए।

हरेक प्रदेशलाई विभिन्न कलस्टरमा ४० जनाको नाम पठाउने गरिएको निर्देशनअनुसार राणा खसआर्य सूचीमा परेकी हुन्।

राणा २०७४ मा कैलाली- ५ बाट चुनाव लडेकी थिइन्। उनलाई वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए। हाल कैलाली-५ सहित विभिन्न क्षेत्रबाट उनी प्रत्यक्ष निर्वाचनका लागि समेत सिफारिस भएकी थिइन्। तर, उनलाई समानुपातिकमा सुरक्षित गर्ने नीति कांग्रेसले लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित