Khabar Samachar

सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ

228
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित