Khabar Samachar

सीवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्यो

203
VIEWS

काठमाडौँ — सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर नेष्काशन खुला गरेको हो ।

यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छट्याइएको छ ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले छिटोमा वैशाख ६ र ढिलोको वैशाख १६ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्‍ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित