Khabar Samachar

बजारमा सुनको अभाब , आफ्नै सुनबाहेकको नयाँ गहना नबन्ने

211
VIEWS

काठमाडौँ — विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी वस्तु आयातको बैंक ग्यारेण्टी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बताएका छन् । सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ किलो मौज्दात थियो ।’ स्रोतले भन्यो ‘आज शुक्रबारसम्म लगभग रत्तियो ।’ चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे ।

बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो(पालो कोटाको सुन आयात गर्ने गरेका थिए । बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ । बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । बजार अहिले नयाँ सुन छैन, गहना बनाएका रेडिमेड सुन मात्रै हो,’ महासचिव बज्राचार्य भन्छन्, ‘आफ्नो रोजाइको गहना बनाउन अब उपभोक्ताले आफैं सुन ल्याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित