Khabar Samachar

महामन्त्री गगन थापा : निर्णय गर्ने अधिकार तल्लो कमिटीलाई

206
VIEWS

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग आफ्नो पार्टीले तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने निर्णय भएको बताएका छन्।

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शनिबार बिहान पार्टीको बूढानीलकण्ठ–१० को वडा कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कांग्रेस महामन्त्री थापाले तालमेल गर्ने, नगर्ने दुवै अधिकार पार्टीका स्थानीय कमिटीलाई दिइएको दाबी गरेका हुन्।

‘स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र लामो छलफल गर्याैँ, अन्य दलसँग तालमेल गरेर जाने कि नजाने भन्ने सम्बन्धमा, पार्टीभित्र फरक फरक धारणाहरु थिए। केही साथीहरुको धारणा थियो– नेपाली कांग्रेस एक्लै आफ्नो तागतमा चुनाव लड्न नसक्ने होइन, हामी लड्दै पनि आएका छौं, भोलि पनि लड्छौं। तर नेपालका कम्युनिस्ट पार्टीको बीचमा चुनावी तालमेल हुने र मौका पर्दा पार्टी नै एक बनाइदिने हामीले देखिसक्यौं, त्यसैले त्यसलाई रोक्न पनि तालमेल गर्नुपर्छ भन्ने केही साथीको धारणा रह्यो’, थापाले भने ‘मलगायत केही साथीको धारणा– बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौंला तर नेपाली कांग्रेस पार्टीले एक्लै लड्नुपर्छ भन्ने रह्यो। यो दुइटा धारणामा लामो छलफल भइसकेपछि एउटा निर्णय भयो– स्थानीय तहले आफ्नो अवस्था र आवश्यकतालाई हेरेर गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने, हामीले यहाँ याद गर्नुपर्ने कुरा– गर्न सक्ने, गर्न पनि नसक्ने, गर्न पनि नसक्ने, गर्न पनि पाउने, गर्न पनि नपाउने, तर यसको निर्णय माथि पार्टी सभापतिले वा हामी माथिकाले गर्ने होइन, यसको निर्णय तल्लो कमिटीले गर्ने।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित