Khabar Samachar

महानगर र उपमहानगर बाहेकमा तालमेलको बाध्यता छैन : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत

210
VIEWS

काठमाडौं–  नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महानगर र उपमहानगर बाहेक (स्थानीय तह)मा तालमेल गर्नैपर्ने भनेर केन्द्रबाट निर्देशन नहुने बताएका छन्।

शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले सत्तारुढ दलहरुको गठबन्धनसँग तालमेल नै गर्नुपर्ने बाध्यता नभएको पनि बताए।

जहाँ तालमेल हुन सक्दैन, ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने भनेर निर्देश गरिएको महतले जानकारी दिए। तर, गठबन्धन गर्नैपर्छ भनेर केन्द्रबाट निर्देशन नभएको उनको भनाइ छ।

पार्टीका स्थानीय समितिहरुले नै वस्तुस्थिति र आवश्यकताअनुसार तालमेलबारे गर्नसक्ने उनले बताए। ‘तालमेल हुनै पर्छ भनेर हामीले बाध्य पार्दैनौँ,’ उनले भने, ‘मित्रवत् प्रतिस्पर्धा गर्छौं भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ, तर एमालेसँग  भने तालमेल हुँदैन।’

यसअघि बसेको कांग्रेसले शीर्ष बैठकको मापदण्डअनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै समितिहरू  एक्ला–एक्लै प्रतिस्पर्धाको निर्णय गर्न  स्वतन्त्र रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित