Khabar Samachar

नयाँ मन्त्रीहरूको सपथ आज

204
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ।

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो।

एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित