Khabar Samachar

Search
Close this search box.

यूएईमाथि नेपालको सहज जीत

207
VIEWS

यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ। यूएईले दिएको एक सय ४१ रनको लक्ष्य नेपालले १८।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए।

आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो। यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।यस्तै अली नासिरले पनि ३२ रन जोडे। हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनिहरुले अर्धसतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित