Skip to main content

Khabar Samachar

Search
Close this search box.

हिउँ जमेको नदीलाई विमानस्थल सम्झेर पाइलटले जहाज अवतरण गरेपछि…

273
VIEWS

रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अतवरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अतवरण गरिएको थियो ।

अतवरणमा कुनै यात्रुहरु घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।

रुसको सुदूरपूर्वको प्रान्त साखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणको लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित