Khabar Samachar

अजोड इन्स्योरेन्स लिमिटेडको घुम्ति सेवा सम्पन्न

204
VIEWS

अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७९ साल जेष्ठ २८ गते गुल्मी जिल्लाको इश्मागाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवातथा स्थानियनिकायसंग अन्तरक्रियाकार्यक्रम सम्पन्नगरि घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८,८१,७५०/- (अक्षेरेपीआठ लाखएकासि हजार सात सय पचास मात्र) संकलन गरिएको थियो । सो अवसर माइश्मागाऊपालिका वडा नं.१ का वडा अध्यक्षश्री शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गर्नु भएको थियो र अजोड इन्स्योरेन्स लिमिटेड प्रधानकार्यालयका कृषिविभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषिबीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो।उक्त कार्यक्रममासो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेतउपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित