Skip to main content

Khabar Samachar

Search
Close this search box.

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपालप्रिमियर कपको सेमिफाइनलमा

203
VIEWS

नेपालले एसीसी प्रिमियरकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार भएको क्वाटरफाइनल खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

कुवेतले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई ७३ रन बनाएको थियो । बाँगीस्थित वाईएसडी युकेएम ओभल मैदानमा नेपालको ब्याटिङ सुरु हुनु अगाडि वर्षाले खेल प्रभावित गरेको थियो, जस अनुसार डक वर्थ लुइस पद्धतिमा नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो ।

कविता कुँवर १ रनमात्र बनाई रनआउट भए पनि नेपालले ६.५ ओभरमै लक्ष्य पुरा गरेको थियो । प्लेयर अफ द म्याच सीता १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाइन् । नेपालले खेलेको ४ खेलमा उनी तेस्रो पटक उत्कृष्ट खेलाडीमा चुनिएकी हुन् । कप्तान इन्दु बर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहिन् । इन्दुले २१ बल खेली १ चौका प्रहार गरेकी थिइन् ।

यसअघि कुवेतबाट ओपनर प्रियादा मुरलीले ३३ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २९ रन बनाएकी थिइन् । शान्थी बालासुब्रामन्युम र खादिजा खलिलले समान १३ रन बनाइन् । सीताले आफ्नो दोस्रो ओभरमा लगातार तीन विकेट लिएर हृयाट्रिक पुरा गरेकी थिइन् । उनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी हुन् । रुविना क्षेत्री र कविता कुँवरले २–२ विकेट लिइन् ।

नेपालले शुक्रबार मलेसियासँग सेमिफाइनल खेल्ने छ । मलेसियाले बुधबार नै भएको अर्को क्वार्टरफाइनलमा जापानलाई १६ रनले पराजित गरेको थियो । अर्को सेमिफाइनल यूएई र थाइल्यान्ड बीच हुनेछ । यस प्रतियोगिताको फाइनलमा पुग्ने टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित