Khabar Samachar

Search
Close this search box.

टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गर्‍यो

207
VIEWS

मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश बमले १७ रन बनाए । आरिफ शेखले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ०० रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चार्ल्सले ११ रनको योगदान दिए । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित