Khabar Samachar

आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर मुगु सप सार्वजनिक

205
VIEWS

नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रा लि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।
यो गिफ्ट लोयल्टी कार्यक्रम मुख्यत बैंक, एयरलाईन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा संचालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्द भएपछि गिफ्टको संजाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ ।
नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिस शर्माले जानकारी दिए । सो कार्यक्रममा गिफ्टका सेल्स डाइरेक्टर दिपा स्वामी तथा सेल्स प्रेसिडेन्ट दिलिप डीएसले लोयल्टीको महत्व र यसले ग्राहकलाई जोगाई राख्ने विषयमा प्रस्तुती दिएका थिए ।
सो अवसरमा आइमार्क प्रालिको बिलिंङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूची लगायतका विवरण राख्न सक्ने छन ।
यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने आइमार्क प्रालिका डाइरेक्टर आशिस शर्माले जानकारी दिए ।
कापी कलमले लेखेर अभिलेख राख्ने पुरानो पद्धति भन्दा यो एपको माध्यमबाट सबै कारोबारका अभिलेखहरू सहजै राख्न र परिमार्जन गर्न सकिने कम्पनीले जनाएको छ । मुगुसप एप रिटेल, किराना पसल, स्पा, सैलुन, रेस्टुरेन्ट तथा क्याफे उद्यमीहरूले प्रयोग गर्न सक्ने आइमार्कका व्यवस्थापक सुयस चन्दले बताए ।
करिब एक महिना पहिलेदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मुगुसप छोटो समयमा नै धेरैले प्रयोग गर्न थालिसकेको कम्पनीले जनाएको छ ।
मुगुसप एप प्रयोगका लागि ९८०२३१४७०९ मा फोन वा ष्लाय२mगनग।कजयउ मा इमेल गरी सम्पर्क गर्न सकिने छ । यस्तै मुगुसपको सेवा लिनका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामबाट पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालको अग्रणी फिनटेक कम्पनी आइमार्कमा १५० बढी कर्मचारी कार्यरत छन् । आइमार्कले नेपालका हरेक बैंकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । हाल आइमार्क ले २० हजार बढी मर्चेन्टमा कार्डबाट भुक्तानी गर्न सक्ने पीओएस ९एइक्० को सेवा प्रदान गरि रहेको छ । काठमाडौंको डिल्ली बजारमा आफ्नो प्रधान कार्यालय रहेको आइमार्कको नेपाल बाहेक भुटान, बर्मा, भारत तथा अमेरिकामा समेत सेवा दिदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित