नेपाली कांग्रेसले काठमाडौंका पालिकाहरुमा उम्मेदवार टुंग्याएको छ।बागमती प्रदेश संसदीय समितिको आइतबार बसेको बैठकले काठमाडौंका ८ पालिकाहरुमा उम्मेदवार टुंग्याएको हो।प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालका अनुसार कागेश्वरी मनोहरा नगरपालिकामा उपेन्द्र कार्कीलाई प्रमुखमा उठाउने भएको छ।नागार्जुन नगरपालिकामा मोहनबहादुर बस्नेत र कल्याणी खड्का, बूढानीलकण्ठ नगरपालिकामा विनोद चालिसे तथा शंखरापुर नगरपालिकामा ओम कार्की र समित श्रेष्ठलाई टिकट दिइएको नेपालले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा दीपक रिसाल र उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरि नगरपालिकाको प्रमुखमा घनश्याम गिरी र उपप्रमुखमा यमुनादेवी श्रेष्ठ तथा दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा बसन्ती तामाङलाई टिकट दिएको छ।
Discussion about this post