Skip to main content

Khabar Samachar

Search
Close this search box.

इन्द्रजात्रामा मेयर बालेन शाह उपस्थित नहुने

215
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्द्रजात्रामा उपस्थित नहुने भएका छन्।

आफूले स्नातकोत्तर अध्यान गरेको बैंगलोर स्थित कलेजको अलुम्नाइ कार्यक्रममा सहभागी हुन गएका उनी त्यहाँ कार्यक्रम ढिला भएकाले इन्द्रजात्रामा उपस्थित हुन नसकेको स्वकीय सचिव शाहले बताए

‘भारतमा जारी कार्यक्रम लम्बिएपछि मेयर बालेन आज इन्द्रजात्रामा सहभागी हुन नसक्ने हुनुभएको छ,’ उनले भने, ‘आज बेलुकी पाँच बजेको फ्लाइटमा फर्किने कुरा छ।’

इन्द्रजात्रामा सहभागी हुने प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्नुपर्छ भनेर इन्द्रजात्रामा उपस्थित नभएको हो त भनेर हामीले उनका स्वकीय सचिव शाहलाई सोधेका छौँ।

‘बाहिरबाट जनताले देख्दा त्यस्तो देखिएला कि भन्नेबारे सचिवालयमा छलफल भइरहेको छ। तर त्यस्तो होइन,’ भूपदेवले भने।

यस्तै इन्द्रजात्रामा उपस्थित हुने विशिष्ट अतिथिहरूलाई उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लगायतले हनुमानढोकामा स्वागत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित