Khabar Samachar

Search
Close this search box.

सिआइबी लगियो पूर्वमन्त्री दीपक मनाङेलाई

211
VIEWS

गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री दीपक मनाङे भन्ने राजीव गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ।

सिआइबीले उनलाई मंगलबार बिहान काठमाडौंको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरिएको हो।

उनलाई प्रहरीले मंगलबार नै काठमाडौं जिल्ला अदालतमा बुझाउने छ।

ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।

मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित