Khabar Samachar

Search
Close this search box.

बागमती प्रदेशमा पुन : फुटाइयो मन्त्रालय,मदुकुमार श्रेष्ठले पाए जिम्बेवारी

224
VIEWS

बागमती प्रदेशमा एक मन्त्रालय फुटाइएको छ। मंगलबार (आज) बसको मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या थप गरेको हो। गत साउन ९ गते नियुक्त भएका मन्त्री मदुकुमार श्रेष्ठलाई दिन मन्त्रालय विभाजन गरिएको हो।

गत साउन ९ गते मन्त्रीको सपथ खाएका श्रेष्ठले ११२ दिनमा विभागीय जिम्मेवारी प्राप्त गरेका हुन्। उनलाई जिम्मेवारी दिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए।

मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिबी निवारण तथा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारी छुट्याएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित