Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

203
VIEWS

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनकाे लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनायो ।

प्रतियोगितामा अहिलेसम्मको उच्च योगफलमा पुर्याउन सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले । इनिङको अन्तिम ओभरमा दीपेन्द्रले प्रतिश जिसीलाई ३ छक्का प्रहार गरेका थिए ।

सुदरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे ।

बिराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए । यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित