Khabar Samachar

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ जना विचौलिया पक्राउ

239
VIEWS

काठमाडौं महानगरपालिका–१५ मा रहेको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–२ घर भइ हाल काठमाडौंको बाफल बस्ने वर्ष २४ को अजय मगर, रौतहटको चन्द्रपुर नगरपालिका–१ घर भइ हाल बौद्ध बस्ने वर्ष ३३ को विश्‍व वल्लभ लामा र सोही स्थानमा घर भइ हाल बाफल बस्ने वर्ष २४ को सुवास योन्जन लामा रहेका छन्।

यस्तै, उदयपुर जिल्लाको उदयपुरगढी नगरपालिका–२ घर भइ हाल स्वयम्भु बस्ने सुरज भन्‍ने वीर बहादुर मगर, झापा मेचीनगर नगरपालिका–३ घर भइ हाल पेप्सीकोला बस्ने वर्ष २४ को विशाल उप्रेती र सर्लाहीको परवानीपुर नगरपालिका–१६ घर भइ हाल सितापाइला बस्ने वर्ष २४ को बिमल पुलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा पुर्‍याइ लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खाजी छिटो काम गराइदिने भन्दै सेवाग्राही तानातान गरेर दु:ख दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हाे।

सेवाग्राहीबाट बढी रकम असुल गरी दु:ख दिएको सूचना प्राप्त भएपछि प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले सेवाग्राहीहरुलाई छिटो छरितो काम गरिदिने भन्दै जबरजस्ती सेवाग्राहीलाई तानेर बढी रकम अशुली गर्ने गरेका र सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित