Skip to main content

Khabar Samachar

Search
Close this search box.

शानदार म:ममा आगलागी भई घाइते भएका दुई जनाको मृत्यु

206
VIEWS

काठमाडौँको कमलपोखरीमा रहेको सानदार म:म पसलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका थिए।

आगलागीमा गम्भीर घाइते भएर काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित