Khabar Samachar

Search
Close this search box.

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

200
VIEWS

 

संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए। राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रमसमेत संसद्मा प्रस्तुत गर्नेछन्।

नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान  छ।

बैठकमा अपराह्न ३:४५  बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन्।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको  बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित