राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाईट फुटाउने र जडिबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।
उनका अनुसार, तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।
यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।























Discussion about this post