Skip to main content

Khabar Samachar

Search
Close this search box.

अब टियूको ट्रान्सक्रिप्ट अनलाइनबाटै आबेदन

201
VIEWS

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

आज बिहान ११ बजेबाट सेवा सुचारु हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनले अन्य सेवाहरू पनि क्रमशः लागू गर्दै जाने बताए ।

आगामी जेठ १५ गतेबाट त्रिविपनिका बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट नै सञ्चालन हुने उनले बताए ।

अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भरेर तोकिएको शुल्क तिरी submit गर्नुपर्ने उनले बताए ।

यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिने बताइएको छ ।

अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गएर एप्लिकेशन आइडीको स्लिप र सो मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित