Skip to main content

Khabar Samachar

Search
Close this search box.

आज भानुभक्त आचार्यको जन्मजयन्ती

213
VIEWS

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । काठमाडौंमा आइतबार बिहानै आदिकविको जन्मजयन्ती मनाइएको छ। बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ। माल्यार्पणपश्चात प्रभातफेरि गरी भानुभक्तको सम्झना गरिएको छ। माल्यार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि सहभागी थिए।  प्रभातफेरिमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित