Khabar Samachar

Search
Close this search box.

हनुमानढोकाको प्रहरी भवन भत्काउन सहमति

201
VIEWS

काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।

अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।

स्थानीयले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरमा प्रहरीको भवन राख्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका छन्।

भूकम्पले चर्किएको हनुमानढोकाको भवन सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित