Skip to main content

Khabar Samachar

Search
Close this search box.

घरको सेफ्टिक ट्यांकीमा मृत भेटिए ठेकेदार र कामदार

206
VIEWS

सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ।

सुनसरीको दुहबी नगरपालिका –२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार बिहान भेटिएको हो।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शव बुधबार बिहान १० बजे फेला परेको हो।

‘दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेप्टिक ट्यांकीभित्र शव भेटिएको छ’ डिएसपी खतिवडाले भने, ‘मृतकमध्ये श्यामबहादुर पेटी ठेकेदार हुन्। राई मजदुर हुन्।’

सेप्टिक ट्यांकीभित्र निस्सासिएर उनीहरूको मृत्यु भएको हो कि अन्य कारणले भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित