Khabar Samachar

Search
Close this search box.

सुनसरीमा कांग्रेसका बागी उम्मेदवार मृत फेला

204
VIEWS

सुनसरी रामधुनी नगरपालिका ८ का स्वतन्त्र उम्मेदवार ६५ वर्षीय गणेश पौडेल घरनजिकै झुण्डिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए। 

नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसअघि नि चार दिन बेपत्ता भएका उनलाई खोजि गरिदिन परिवारले निवेदन दिएका थिए।

प्रहरीले फेला पारेको भोलिपल्टै उनी मृत भेटिएका हुन्। उनी मानसिक रुपमा विचलित देखिएको र सोही कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा सुसाइट नोट पनि फेला परेको र त्यसको परीक्षण भइरहेको डीएसपी कार्कीले बताए। 

कांग्रेसले उनलाई सदस्य समेत नरहने गरी कारबाही गरेको थियो भने उम्मेदवारी फिर्ता लिन पनि दवाव दिँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित