जेनजी अभियन्ता रक्षा बमले काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी भन्दै बालेन शाहलाई जवाफ फर्काएकी छन् ।
झापा ५ बाट चुनावी मैदानमा रहेका पूर्वमेयर शाहले विदेशी हस्तक्षेपकै कारण महानगरको फोहोर व्यवस्थापनमा समस्या भएको अभिव्यक्ति दिएका थिए ।
शाहको उक्त अभिव्यक्तिपछि बमले हरेक कुरामा विदेशी हस्तक्षेप भन्दै राष्ट्रिय स्वाधीनता कमजोर नबनाउन पनि आग्रह गरेकी छन् ।
उनले भनेकी छन्- ‘फोहोर व्यवस्थापन गर्न नसक्नु हाम्रो प्रशासनिक कमजोरी हो । संस्था कमजोर हुनु हाम्रो नीतिगत असफलता हो । नेतृत्व जबाफदेही नहुनु हाम्रो राजनीतिक संस्कारको समस्या हो । देशका समस्या एकैछिनमा वा एकैदिनमा समाधान हुँदैनन् भन्ने बुझ्नु र सोहीअनुसार आफ्ना राजनीतिक मुद्दा तय गरी समस्या पहिचान गरेर त्यसको समाधानका लागि स्पष्ट योजना बनाउनु नै नेतृत्वको पहिलो साहस हो ।’































Discussion about this post