काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरेको छ। निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो। योसँगै पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ।
Discussion about this post