Khabar Samachar

ब्यूँतियो ‘रअ बार्ज’को ¥याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना

207
VIEWS

नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘¥याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ ।
अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो । केहीपछि हिपअप म्यूजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरुले हिपअप शैली अर्थात ¥याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो । नेपालमा ¥याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्ष बढी भइसक्यो । पछिल्लो समय युवाहरुको रोजाई बन्न सफल ¥याप म्यूजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरुले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ ।
नेपालमा ¥याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’(च्बध द्यबचश)को नाम सम्झिन्छन् । हिपअप संगीतको प्रवद्र्धनकै लागि स्थापित ‘रअ बार्ज’ले ¥याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यवसायिक रुप दिन खोजिरहेको छ ।
‘रअ बार्ज’को इतिहास
कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै एक्सक्लूसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । उनले यो कम्पनीमार्फत हिपअप ब्याण्डको व्यवसायिक सुरुवात गरे । सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो । त्यसपछि हिपअपमा गएको मनले यही विधालाई थप प्रवद्र्धन गर्ने अठोट लियो ।
त्यसपछि कोलिन राणाको अगुवाईमा ‘एक्सक्लूसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो । त्यहाँ ¥याप ब्याटल पनि भयो । त्यो कार्यक्रम युवामाझ निकै हिट भयो । त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लूसिभ नाइट टू’को योजना गर्ने निधो गर्यो । ¥याप ब्याटललाई नेपालमा पनि व्यवसायिक बनाउँदै लैजानुपर्ने सोंचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो । ‘रअ बार्जको’ ¥याप ब्याटल भनेपछि युवाहरुमा आकर्षण बढ्दै गयो । ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट अत्यधिक लोकप्रिय भएपछि यसैलाई कम्पनीको रुप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’ ।
‘रअ बार्ज’को जन्मपछि पनि अजबगजबका ¥याप ब्याटल आयोजना भए । त्यही बीचमा ‘र बार्ज’बाट यम बुद्ध अलग भए । तर राणा लगायतको टिमले भने ¥याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो ।
काठमाण्डौ केन्द्रीत पहिलो ¥याप ब्याटल गर्दा त्यसमा १६ ¥यापर सहभागी भए । ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै ¥यापरलाई उतारेर व्यवसायिक रुपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन ।
¥याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो । तेश्रो सिजन २०१६ मा भयो । त्यसपछि राणाले नेपाली म्यूजिकलाई हिपअपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रीत गरे । २०१८ देखि ०१९ सम्म त्यही केन्द्रीत भई उनले यूएसमा ¥याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवद्र्धन गरे । त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि ¥याप ब्याटल गर्यो । नेपालीभाषी मात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो ।
अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेको बेला कोभिड संक्रमणले महामारीको रुपमा लिन थाल्यो । त्यसपछि युवाहरुको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो ।
रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन
कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई ¥याप ब्याटललाई अगाडि बढाइसकेको छ । हाल देशका मुख्य शहरहरुमा ¥याप ब्याटलका लागि अडिसन सकिइसकेको छ ।
युवाहरुमार्फत ¥याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भयो ।
फिजिकल अडिसनमा पनि ¥यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए ।
रायमाझी पनि संगीत उद्यमी हुन् । उनी युवाहरुमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्यूँताएर ¥यापरहरुलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्यूजिकको राष्ट्रिय÷अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न तल्लीन व्यक्ति हुन् । हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काचुली फेरेको छ । ¥याप ब्याटलका विभिन्न अडिसनहरु भइरहेका छन् । रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ । ‘प्रवेश दाई आएपछि हामीमा नयाँ उत्साह थपिएको छ ।’ राणा भन्छन्–‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं ।’
प्रवेशलाई पनि सानैदेखि हिपअप म्यूजिकमा चासो थियो । आफू ¥यापर नभए पनि ¥यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे ।
नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्यूजिकमा खेलिने दोहोरीलाई रायमाझी ¥याप ब्याटल भन्छन् । ‘यो पनि निकै रचनात्मक हुन्छ ।’ उनले थपे–‘दुई व्यक्तिबीच हिपअप म्यूजिकको विधामार्फत ¥याप ब्याटल हुन्छ । सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी ¥याप गाउँछन् ।’
यसपटकको स्थानीय निकायको निर्वाचनमा उठेर काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि ¥यापर नै हुन् । र, उनलाई व्यवसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो ।
सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्–‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ । त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो । अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने ¥यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः सुरु गर्ने सोंच आयो ।’
यम बुद्ध हाल यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित ¥यापर जन्मिएका छन्, जो अहिले व्यवसायिक रुपमा सफल पनि मानिन्छन् ।
‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिपअप म्यूजिक प्रवद्र्धनमा जुटेका छन् । ¥याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको छ । युवाहरुको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन् । ‘मेरो उद्देश्य भनेको नेपाली म्यूजिक र हिपअपलाई फ्यूजन गरेर लैजाने हो ।’ उनले भने–‘नेपाली म्यूजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो ।’
पछिल्लो समय समाजमा ¥यापरहरु लागूऔषध दुव्र्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ । रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै ¥याप ब्याटललाई एन्टी ड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन् । ‘कुनै पनि लागूपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिंदैनौं ।’ रायमाझी भन्छन्–‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं ।’
रायमाझी आएपछि उनले बेखर्ची ¥यापरहरुलाई काम समेत दिएका छन् । त्यस्ता ¥यापरहरुलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिइरहेको उनको भनाई छ ।
‘हामीले ¥यापरहरुको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं ।’ रायमाझी भन्छन्–‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो ।’
रायमाझीको आफ्नो छुट्टै म्यूजिक कम्पनी पनि छ । त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन् । ‘यहाँ ट्यालेन्टहरुलाई तयार गरी हाम्रो ¥याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं ।’ उनले भने–‘संसारमा म्यूजिकमा लगानी गर्नेहरु अर्बपति भइसके । हाम्रोमा पनि कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ । यसलाई आमूल सुधार गरी ¥याप ब्याटल गर्ने प्रतिभाहरुले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ ।’
सुरुवातका दिनहरुमा हिपअप म्यूजिकको नाम सुन्दा पनि मानिसहरु हास्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याई छ । ‘अब त मानिसले कुरा बुझ्न थाले । हिपअप र ¥याप ब्याटललाई सबैले स्वीकारिसके । यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो ।’ उनी थप्छन् ।
‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र ¥यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन् । ‘¥याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्यूजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ ।’ रायमाझी भन्छन्–‘फेरि हामी ¥याप ब्याटल र शो मात्र गर्न आएका होइनौं । योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नुछ । अझ एउटा ¥यापरले ¥याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनुछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित