Khabar Samachar

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

213
VIEWS

भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।

आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो।  उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।  उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका थिए।पटना विमानस्थलका अधिकारीहरुका अनुसार विमानका सबै यात्रु सुरक्षित छन्।

उनका अनुसार विमानको बायाँ पंखामा आगलागी भएको हो। जमिनमा रहेका मानिसहरुले विमानमा आगलागी भएको देखेका थिए।

अहिलेसम्म विमानमा प्राविधिक समस्याको कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित