विश्वव्यापी अग्रणीस्मार्टफोन ब्रान्डभिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई ५५ यहीँ ११ असार ११ गते सार्वजनिक हुने घोषणा गरेको छ। यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केहीविशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्ती जस्तै, वाई ५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो । वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतमउपकरणहो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ। यसलाईविशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्चप्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ।
वाई५५मा५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिनाकुनै पनिब्याट्री समस्याचलाउन सकिन्छ ।साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्चकार्यसम्पादनर उत्कृष्टविशेषताहरुको साथैलामो समयसम्मब्याट्री टिक्ने स्मार्टफोन खोज्नेप्रयोगकर्ताहरूकालागि यो नयाँउपकरणउत्तमविकल्पहुन् सक्छ ।
शक्तिशालीपर्फमेन्शकालागिवाई५५ माक्वालकम स्न्यापड्रेगन ६८०प्रोसेसर रहेको छ । यस प्रोसेसरलेगर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङवाकाम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ।यसले बहु–कार्यलाई सजिलो बनाउनेछ ।
यसबाहेक, यस उपकरणलाईथपउपयुक्तबनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्टअनुभवप्रदानगर्दछ।
यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसबाट आर्कषक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्यभने सार्वजनिक भएको छैन ।
Discussion about this post