Khabar Samachar

भारतीय चर्चित गायक दलेर मेहन्दीलाई दुई वर्षको जेल सजाय

255
VIEWS

भारतका चर्चित गायक दलेर मेहन्दीलाई अवैध रूपमा मानव ओसारपसार गरेको आरोपमा दुई वर्षको जेल सजाय भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

‘बोलो तारारा’ गायक मेहन्दीले अदालतमा दिएको अपील खारेज भएसँगै उनलाई दुई वर्षको जेल सजाय भएको हो। यो मुद्दामा दलेर मेहन्दी, उनका भाइ शमशेर र अरू दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। दलेरका भाइ शमशेरको भने सन् २०१७ मा निधन भइसकेको छ।

उनीहरूले १२ लाख भारू लिएर क्यानडा पठाइदिने आश्वासन दिएको उजुरी परेको थियो। पटियाला अदालतले बिहीबार दलेर महेन्दीलाई सन् २००३ को उक्त घटनामा जेल सजाय तोकेको हो। दुई वर्ष जेलसँगै उनलाई दुई हजार भारू जरिवाना पनि तोकिएको छ।

अदालतमा अपील दिएसँगै उनी जमानतमा बाहिरिएका थिए। अदालतको आदेशसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पटियाला जेल पठाउने सम्भावना रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। झडप मुद्दामा जेल सजाय भोगिरहेका पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धू पनि पटियाला जेलमै छन्।

५४ वर्षीय दलेर मेहन्दी गायक, रचनाकार र लेखकका रूपमा चर्चित छन्। पहिलो गीत ‘बोलो तारारा’ बाटै चर्चामा आएका उनी भारतीय पप विधामा नाम कहलिएका गायक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित