Khabar Samachar

Search
Close this search box.

एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै निवेदन

292
VIEWS

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेका नवीन पाण्डेलाई बर्खास्त गर्न निवेदन दर्ता भएको छ। एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरुको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।

‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक)  पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय  त्रुटिपूर्ण र विधान विपरीत छ,’ पत्रमा भनिएको छ । जुन निर्णय एन्फा विधानको धारा २४ को ३ (क) मा भएको व्यवस्था देहायको व्यक्ति एन्फा वा प्रदेश फुटबल संघमा निर्वाचन वा मनोनित हुन नसक्ने भन्दै उपधारा ३ (क) अनुसार गैर नेपाली नागरिक भएमा भनिएको व्यवस्था अनुसार उनको नियुक्ती कानुनविपरीत भएको निवेदनमा उल्लेख छ।

एन्फाको बिहीबार बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित अन्य पदाधिकारी र सदस्यले एजेण्डामा प्रवेश गर्नुअघि नै उपस्थितिमा हस्ताक्षर गर्न नमानेपछि बिहिबारको लागि बोलाइएको बैठक पनि स्थगित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित