Khabar Samachar

सिसडोलवासीले भदौबाट फोहोरका गाडी जान नदिने ‘च्यालेन्ज’

317
VIEWS

 

शहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी भदौबाट सिसडोलबासीले काठमाडौंको फोहोर फाल्न नदिने बताएको जानकारी दिएका छन्।

बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताएका हुन्।

उनले भने, ‘सिसडोल, बञ्चरे डाँडा देशभर बनाउने कुरा बन्द गरौँ। छोटो अवधिमै भएपनि ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा हामी छिराउँछौँ। आज सिसडोलका साथीहरुले यो पूरा नगरे भदौ १ गतेदेखि फोहोरका गाडी छिर्नै दिन्नौँ भनेर च्यालेन्ज दिनुभएको छ।’

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए।

ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए।

उनले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए।

मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए। उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ। बञ्चरे डाँडा, सिसडोल भन्दा अरु मान्छेले पनि त्यहाँका जनतालाई नाक खुम्च्याउने गर्छन् त्यसलाई हामी रोक्छौँ। उनीहरुलाई शिर ठाडो बनाएर हिँड्ने वातावरण बनाउँछौँ । विद्यार्थीहरुमा पनि यसको असर परेको छ। आजबाट ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको छ। यसको ठाउँमा अर्को मल, बिजुली, ग्यास बन्ने प्रोजेक्टको खोजि गरौँ । यस्ता बञ्चरे डाँडा देशभर खोज्ने होइन, देशभर बत्ती, मल बनाउने, निकाल्ने हो। आज हामी एउटा घरले ४ सय रुपैयाँ तिर्छ भने त्यो श्रोतबापत जनतालाई पैसा दिने गरेर प्रोजेक्ट निर्माण गर्नुहोस् भनेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित