Khabar Samachar

विशाल सिमेन्टका पूर्व सञ्चालक अमित श्रेष्ठ जेल चलान

235
VIEWS

विशाल सिमेन्टका पूर्व सञ्चालक समेत रहेका व्यवसायी अमित श्रेष्ठ जेल चलान भएका छन्। क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोग लागेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २९ गते पक्राउ गरेको थियो। क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठविरुद्ध बिगोको ३ गुणसम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ।

श्रेष्ठबाट प्रहरीले दुई-दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो। बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो।

त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो।

कमन-वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र यही बैंकबाट सेयर समेत कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए।

मैनालीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन्।

नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकममार्फत् श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको हो। त्यस्तै एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ।

काठमाडौं-१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको मैनालीले बताए।

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान सकेपछि श्रेष्ठविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो।

उनीमाथि अनुसन्धान सकेर परिसरले सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यहाँबाट अदालतमा मुद्दा दर्ता भइ पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

उनलाई कारागार कार्यालय डिल्लीबजारमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित