Khabar Samachar

प्रथम इन्टर स्कुल फुटसल प्रतियोगिता आजबाट शुरु

285
VIEWS

काठमाडौं । बिजय चोक युवा क्लबको आयोजना तथा अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजन, नेशनल प्याबसन काठमाडौं र फ्रन्टलाइन हस्पिटलको सहयोगमा “ प्रथम इन्टर स्कुल फुटसल प्रतियोगिता २०७९’’ आजबाट शुरु भएको छ । काठमाडौं उपत्यकाका १५ वटा स्कुलका कक्षा दशसम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका छन् । काठमाडौंको आर्किट फुटसल मैदान विजयचोक ०९ शुरु भएको सो प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने छ । दुई दिने उक्त प्रतियोगिताको भोलि पनि सञ्चालन हुनेछ । उद्घाटन खेलमा सहभागि १५ टिम मध्ये ८ वटा टिम क्वाटरफाइनलका लागि छनैट भएका छन् । क्वाटरफाइनलका लागि छनौट भएका स्कुलहरुमा माउन्ट ग्लोरी स्कुल, निम्स,क्लस,एस एस एकेडेमि,पिस पोइन्ट,मनकामना सेकेन्डरी स्कुल,सारदा माध्यामिक बिध्यालय र प्रस्फुटन एकडेमी रहेका छन् । भोलि हुने खेलमा चार समूहको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजयी टिमलाई नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई विषेश पुरस्कारको व्यवस्था गरिएको टुनामेण्ट संयोजक विजय तामाङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित