Khabar Samachar

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्ता आन्दोलनमा

243
VIEWS

शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् । सहकारीले भने सबै बचतकर्ता एकैपटक पैसा लिन आएपछि समस्या परेको भनेर पन्सिएको छ ।

फिक्स डिपोजिटमा राखेको बचतको समय अवधि पूरा हुँदासम्म पैसा निकाल्न नदिएको गुनासो बचतकर्ताहरूको छ

पीडितमध्येकी एक रमा दाहालले आफ्नो फिक्स डिपोजिटमा राखेको २० लाखको समयसीमा एक साताअघि नै सकिएकोमा आधा मात्रै पैसा दिएर बाँकी पैसा पुन: डिपोजिट गराएर सहकारीले नवीकरण गराएको बताइन् ।

यस सहकारीमा २० हजार सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित