Khabar Samachar

कीर्तिपुरमा पनि चल्यो डोजर, अवैध संरचना भत्काउन थालियो

211
VIEWS

काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान थालेको छ

उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन्।
मेयर राजकुमार नकर्मीका अनुसार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।

यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने नकर्मीले नेपालखबरलाई बताए।

‘आजबाट सुरु भएको छ,’ उनले भने, ‘हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।’

स्थानीयबासीले नगर प्रमुखको उक्त कदमको प्रशंसा गरेका छन्। बालेनभन्दा कम नभएको बताउँदै उनीहरुले यसअघि कसैले गर्न नसकेको काम नगरप्रमुख नकर्मीले गरेको बताए।

‘अहिलेको नगर प्रमुख राजकुमार नकर्मीले आँट गरेर राम्रो काम गर्नुभयो’, उनले भने, ‘अन्य ठाउँमा पनि डोजर चलाउनुपर्छ। अनि मात्रै कीर्तिपुर नगर सुन्दर हुन्छ।’

यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिनै बनेका संरचना हटाउन लाग्ने नकर्मीले नेपालखबरलाई बताए।

‘आजबाट सुरु भएको छ,’ उनले भने, ‘हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित